का‌ंग्रेस नेता चौधरीले दिए राजीनामा

काठमाडौँ, २९ फागुन । कांग्रेस अनुशासन समितिका सदस्य उमाकान्त चौधरीले बुधबार राजीनामा दिएका छन् । पूर्वमन्त्रीसमेत रहेका चौधरीले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, कञ्चनपुर सभापति कर्ण मल्ल, कैलालीका नेता पुष्करनाथ ओझामाथिको कारबाहीको सिफारिसमा असन्तुष्टि जनाउँदै अनुशासन समितिबाट राजीनामा दिएका हुन् ।

मल्ल, जोशी र ओझालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्तावमा असहमति जनाउँदै कांग्रेस चौधरीले राजीनामा दिएका हुन् । जोशीविरुद्ध पौडेललाई हराउन भूमिका खेलेको, ओझाविरुद्ध आरजु राणा देउवालाई हराउन भूमिका खेलेको र मल्ललाई पार्टीको निर्देशन नमानेको भन्दै सम्बन्धित जिल्ला समितिबाट कारबाहीका लागि सिफारिस गरिएको थियो।

चौधरी कृष्ण सिटौलाको सिफारिसमा अनुशासन समिति सदस्य भएका थिए। सिटौलामार्फत नै चौधरीले सभापति देउवालाई राजीनामा पठाएको इकान्तिपुरलाई बताए। अनुशासन समितिमा पौडेलको तर्फबाट धनराज गुरुङ, देउवाको तर्फबाट संयोजक भीष्मराज आङदेम्बे र सदस्यमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर रहेका छन्।

Loading...