गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा एकाबिहानै बम विष्फोट

भक्तपुर, २८ फागुन । निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थित घरमा प्रेसर कुकर वम विस्फोट भएको छ । बास्कोटाले भक्तपुरमा बनाउँदै गरेकाे नयाँ घरमा बम विष्फाेट भएकाे हाे ।

बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुग्नुका साथै छिमेकीका घर र एउटा भ्यानमा समेत क्षति पुगेकाे बताइएकाे छ । विस्फोटबाट घरको सिसाहरु पनि फुटेका छन् । घटनापछि विहान ७:५० बज ेतिर प्रहरिलाइ सूचना आएको भक्तपुरका प्रहरी प्रमुख सबिन प्रधानले जानकारी दिए ।

बम विष्फाेट भए लगत्तै घटनास्थलमा सर्वसाधारणको भिड लागेको थियाे । साथै घटनास्थलमा प्रहरी पनि पुगिसकेको प्रहरी प्रमुख प्रधानले जानकारी दिएका छन् । प्रधानले विस्फोट कसले गराएको हो भन्ने खुलिनसकेकाे र त्यसबारे प्रहरीले अध्ययन गरिरहेकाे बताए ।

 

 

Loading...