कोरोनाले प्राधिकरणलाइ २ अर्ब घाटा हुने, अन्तरराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् ।

यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या भने करिब ८० प्रतिशत नै रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान अहिले २० प्रतिशत कटौती भएको प्राधिकरणले जनाएकाे छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले कोरोनाको प्रभावले अन्तर्राष्ट्रिय उडानका हवाई यात्री घटे पनि जहाजको उडान सङ्ख्यामा भने कमी नआएको बताए । अन्तर्राष्ट्रिय हवाई मापदण्डअनुरुप हवाई उडान रोक्न नमिल्ने भएकाले धेरै वायु सेवा प्रदायकले उडान नरोके पनि उडान घटाइरहेका छन् । कोरोना भाइरस प्रभावित मुलुकबाट हुने दुवैतर्फी उडानमा भने भारी कटौती भएको छ । तथापि अन्य मुलुकका उडानमा त्यति धेरै समस्या नरहेको प्राधिकरणको भनाइ छ ।

Loading...