नेप्सेमा भारी गिरावट आएपछि बजार नै बन्द

काठमाडौं । मंगलबार नेप्से परिसूचक ६ प्रतिशत घटेको छ ।

बजार खुलेदेखि नै तीव्र गतिमा ओरोलो लागेको नेप्से पहिलो एक घण्टा नपुग्दै ४ प्रतिशत घटेर पहिलो नकारात्मक सर्किट लागेको थियो।

त्यसपछि खुलेको बजारमा ५ प्रतिशत र ६ प्रतिशत घटेर नकारात्मक सर्किट लागेपछि आजका लागि बजार बन्द भएको हो ।

लगानीकर्ताहरु आत्तिएर शेयर बिक्री गर्न थालेपछि बजारमा तीव्र गतिमा ओरालो लागको हो। कोरोनाको त्रासले लगानीकर्ताहरु शेयर बिक्री गरिरहेको ब्रोकरहरु बताउँछन्।

Loading...