पत्रकारको मोटरसाइकलमा तस्करी गर्ने २ जना पक्राउ

बारा, २७ फागुन । पत्रकारको आवरणमा लागू औषध ९ड्रग्स० तस्करी गर्ने २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा ‘प्रेस’ लेखेर निर्वाध रुपमा नेपाल–भारत सीमा वारपार गर्ने उनीहरुलाई प्रहरीले ९ सय थान लागू औषधका एम्पुलसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१५ घर भएका ३० वर्षीय जितेन्द्रकुमार सिंह र भारतको बिहार घर भएका २२ वर्षीय नासिर आलम छन् । प्रहरीका अनुसार वीरगन्ज घर भएका जितेन्द्रले प्रेस लेखिएको ना ६२ प ६२६७ नम्बरको मोटरसाइकलमा ड्रग्स तस्करी गर्ने गरेका थिए ।

पछिल्लो समय उनीहरु २ जना बीचको कुराकानी शंकास्पद लागेपछि प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा लागू औषध फेला परेपछि दुवै जनालाई बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित नेपाल विद्युत प्राधिकरणको अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट लागू ओषध डाइजेपाम ३ सय एम्पुल, नुफिन ३ सय एम्पुल र फेनारगन ३ सय एम्पुल गरी कूल ९ सय एम्पूल बरामद गरेको छ ।

Loading...