निगमद्धारा जारी सूचना, ग्याँसको अभाव हुँदैन

काठमाण्डौं, २६ फागुन । बजारमा खाद्यान्न तथा ग्यासको कृतिम अभाव देखिएपछि नेपाल आयलनिगमले सूचना जारी गरेरै ग्याँसको अभाव नहुने बताएको छ । निगमले एल।पि ग्याँस उपभोगको औषत मासिक खपत परिणाम ३८,००० मेट्रिक टन रहेकोमा बजारको बढ्दो मागलाई ध्यानमा राखी यसै महिनादेखि निगमले ४५,००० मेट्रिक टनका दरले आपूर्ति हुने व्यवस्था मिलाइएको निगमले जनाएको छ । बजारको माग अननुसार नै प्रयाप्त ग्याँस आफूर्ति भइरहेकोले ग्याँस अभाव नहुने निगमले जानकारी गराएको छ ।

‘अनावस्यक सिलिण्डर खरिद गरी राख्ने प्रवृत्तिले गर्दा बजार असामान्य हुने, दुर्घटनाको सम्भावना बढ्ने र आपूर्ति असहज हुने हुँदा आफ्नो दैनिक आवस्यकता परिपूर्तिका लागि मात्र ग्याँस खरिद गरिदिनु हुन र एलपि ग्याँस खरिद गर्न जाँदा नयाँ सिलिण्डर फिर्ता गरी ग्याँसको मात्र मूल्य तिरी ग्याँस खरिद गर्न समेत निगम एलपि ग्याँसको उपभोक्तालाई विनम्र अनुरोध गर्दछ ।’ निगमद्धारा जारी सूचनामा भनिएको छ ।

Loading...