कोरोना त्रास: ‘भक्तपुर महोत्सव’ स्थगित

भक्तपुर, २३ फागुन । भक्तपुर नगरपालिकाले घोषणा गरेको ‘भक्तपुर महोत्सव’ स्थगित भएको छ । नोभेल कोरोना भाइरस ९कोभेड १९० का कारण महोत्सव स्थगित भएको हो । चैत ४ देखि ८ गते सम्म ‘भक्तपुर महोत्सव’ गर्ने निर्णय गरेको भक्तपुर नगरपालिकाले छुट्टै सचिवालय समेत बनाइ तयारी तीब्र बनाएको थियो । गौतम लासिवाको नेतृत्वमा बनाइएको सचिवालयले महोत्सवको आधा भन्दा बढी तयारी सकाइसकेको थियो । तर,कोरोन भाइरसलाई कारण देखाउंदै नगरपालिकाले महोत्सव स्थगित गरिएको जनाएको छ ।

भिजिट नेपाल २०२० को सन्दर्भ पारेर भक्तपुर नगरपालिकाले पर्यटन प्रवर्द्धनको महत्वाकांक्षी कार्यक्रमको रुपमा ‘भक्तपुर महोत्सव अघि सारेको थियो । संघीय सरकारले कोरोना भाइरसका कारण भ्रमण वर्ष स्थगित गरिएको घोषणा यस अघि नै गरिसकेकाले भक्तपुर महोत्सव पनि स्थगित हुने आंकलन गरिएको थियो । बिहीवार नगरपालिकाले महोत्सव स्थगनको औपचारिक सूचना सार्वजनिक गरेको छ ।

सूचनामा भनिएको छ, ” नेपाल कोरोना भाइरसको जोखिममा रहेको र नेपाल सरकारले समेत ठूला सभा, सम्मेलन र महोत्सव नगर्न आह्वान गरेकाले भक्तपुर महोत्सव स्थगित गरिएको छ ।”

Loading...