साइबर अपराध ह्वात्तै बढेपछि चीन चिन्तित

चीनमा सन् २०१७ को पहिलो नौ महिनामा ७१० जनालाई साइबर अपराध गरेको दोषी ठहर गरी कारबाही गरिएको छ ।

अघिल्लो वर्षको तुलनामा यो तथ्यांक ८०.७ प्रतिशत बढी भएको चीनको सर्वोच्च न्यायाधिवक्ताको कार्यालयले सोमबार जनाएको छ ।

यो अवधिमा ३३४ ओटा यस्ता मुद्दा परेको पनि जनाइएको छ । यसमा ८२.५ प्रतिशत वृद्धि भएको कार्यालयका प्रवक्ता वाङ सोङमिआओले जानकारी दिए ।

विद्युतीय अवराध संगठित रूपमा बढ्दै गइरहेको पाइएको छ, त्यसमध्ये विषेश गरेर अनलाइनबाट हुने ठगी र नक्कली काम बढी हुने गरेको उनले बताए ।

विद्युतीय आक्रमण, विद्युतीय अश्लील सामग्रीको प्रयोग, अनलाइनबाट हुने ठगी, नक्कली काम, व्यक्तिगत सूचनाको चुहावट, चोरी, दुरूपयोग, गोपनीयता खोलिदिने भन्दै धम्की दिने, विद्युतीय आतंक लगायतका अपराधहरू हुने गरेको पाइएको अधिकारीहरूले जनाएका छन् ।

Loading...