गोकुल बाँस्कोटाले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौँ, ८ फाल्गुन । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन् ।

बिहीबार बिहान कञ्चनपुरमा रहेका उनले काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएको स्रोतले बताएको छ ।बाँस्कोटा विमानस्थलबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजनीमा बुझाएको उनी निकट स्रोतले बताएको छ।

Loading...