सञ्चारमन्त्री बास्कोटाले दिए पदबाट राजीनामा

काठमाडौं, ८ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिनु भएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिनु भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा यस्तो जानकारी दिनु भएको हो ।

नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा जानकारी गराउनु भएको हो । उहाले भन्नु भयो, “मन्त्रीज्युले सम्बन्धित निकायमा राजीनामा बुझाएको अनौपचारिक जानकारी मसँग आएको छ ।”

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मागेको अडिओ बिहीबार सार्वजनिक भएको थियो ।

Loading...