सुनको मूल्यमा अहिले सम्मकै नयाँ रेर्कड

काठमाडौँ, ८ फागुन । सुनको भाउ बढेर नयाँ उचाइमा पुगेको छ । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान मनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ७७ हजार ६०० रुपैयाँ पुगेको हो ।

यसअघि बुधबार सुन तोलामा ७७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा रु १० बढेर तोलामा ९१५ रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य अझै बढ्न सक्ने बताइएको छ ।

Loading...