‘सेन्टी भाइरस’ को ‘ए नि लै’ गीत रिलिज (भिडियो सहित)

काठमाण्डौ, ८ फागुन ।सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’को नयाँ गीत ‘ए नि लै’ सार्वजनिक भएको छ । रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ को लिरिकल भिडियो गीत ‘ए नि लै’सार्वजनिक भएको छ । गीतमा सुशान्त गौतमको गायन छ भने आफैंले संगीत भरेका छन् । शब्द हर्क साउदको रहेको छ ।

सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फिल्मको केन्द्रिय भूमिकामा छन् । पहिलो पटक ठूलो पर्दामा उनीहरुले स्क्रिन शेयर गरेका कारण यो फिल्म दर्शकमाझ प्रतिक्षीत छ ।  फिल्ममा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्री, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । सुबिहानी फिल्मस् प्रा।लीको ब्यानरमा निर्मित फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।

कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । २ करोडको लागतमा निर्माण भएको फिल्मका सह(निर्माता फूर्पा लामा हुन् । यही शुक्रवारबाट प्रदर्शनमा आउने ‘सेन्टी भाइरस’ को बुधवारबाट मल्टीप्लेक्समा एडभान्स बुकिङ खुल्ला भैसकेको छ । फिल्मले मल्टीप्लेक्सहरुमा राम्रो सोज पाएको छ ।

Loading...