फेरि पनि भूकम्पको धक्का

बाजुरा, ८ फागुन । बाजुरामा बुधवार चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ। जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

भूकम्पले क्षति गरेनगरेको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए।

भूकम्पले क्षति पुर्याएको छ, छैन खबर गर्न मातहतलाई निर्देशन दिएको उनले बताए। भूकम्पछि केहीबेर भागदौड भएको थियो।

Loading...