को हुन यि खेलाडि ? जसले पारे मेस्सी र रोनाल्डोलाई पछि

मंगलबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमण्डका युवा खेलाडी इर्लिङ ब्रुट हालान्डले गरेको दुई गोलले नयाँ इतिहास बनाएको छ । उनी एकै सिजनमा १० गोल गर्ने युवा खेलाडी बनेका छन्। खेलमा उनले पेरिस सेन्ट जर्मेन पिएसजी विरुद्ध गोल गरेर आफ्नो टिमलाई युरोपियन च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणमा पहिलो जित दिलाएका थिए। खेलको ७७ औं मिनेटमा दोस्रो गोल गर्दा उनले व्यक्तिगतर्फ लिगमा १० गोल पुर्याएका छन्।

Image result for बोरुसिया डर्टमण्डका युवा खलाडी इर्लिङ ब्रुट हालान्ड

उनको यो सफलता विश्वमै नयाँ हो। च्याम्पियन्स लिगमा आजसम्म कुनै ‘टिनएजर’ खेलाडीले एकै सिजनमा जोर अंकको गोल स्कोर गरेका छैनन्। विश्वमा १० वर्ष अघिबाट फुटबल लिड गरिरहेका लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै उनी एक्ला टिनएजर बनेका हुन्। विश्वकै कठिन मानिने क्लब फुटबल प्रतियोगितामा उनले यो वर्ष बार्सिलोनाको भन्दा पनि धेरै गोल गरिसके। उनले व्यक्तिगत १० गोल पूरा गर्दा बार्सिलोनाबाट ९ गोलमात्र भएको छ।

लिगमा समान १० गोल पुर्याउनेमा बायर्नका रोवर्टो लेवान्डोस्की पनि छन्। हालान्डको बारेमा डर्टमण्डका मिडफिल्डरले खेलपछि भने, ‘उनी राम्रो गोल स्कोरर हुन्। मात्र १९ वर्षका उनी होनहार खेलाडी हुन्। उनी भविष्यमा सनसनी मच्चाउन सक्ने खेलाडी बन्नेछन्।’

हाल्यान्ड मंगलबारको खेलमा म्यान अफ दि म्याच पनि भए।

केही समयअघि उनको क्लब बोरुसिया डर्टमण्डको एक ट्वीट देखेर धेरै सामाजिक सञ्जाल प्रयोगकर्ता छक्क परे। जसमा लेखिएको थियो, ‘हालान्डले डर्टमण्ड बसाइको तेस्रो हप्तामै नयाँ गर्लफ्रेन्ड पाएका छन्।’ यसबारे उनी आफैं पनि बोले । ‘मैले ६ गर्लफ्रेन्ड दुई क्लबमा रहँदा बटुलेँ। पहिलो गर्लफ्रेन्ड मैले रेड बुल सल्ज्बर्ग क्लबमा हुँदा पाएँ, जहाँ म १८ वर्षको थिएँ। त्यस्तै, पछिल्लो गर्लफ्रेन्ड भने मैले डर्टमण्ड आएर पाएको छु।’

उनी थप्छन्, ‘म आफ्ना ६ गर्लफ्रेन्डप्रति ज्यादै सन्तुष्ट छु।’ १९ वर्षको कलिलै उमेरमा उनले यी सबै प्रेमिका बनाएका हुन्। उनी आउँदो जुलाई २१ बाट २० वर्षका हुनेछन्। उनको गर्लफ्रेन्डसँगको आनीबानी पनि रोमाञ्चक छ। उनी सुनाउँछन्, ‘मेरा सबै गर्लफ्रेन्ड आफ्नै घरमा छन्। उनीहरु घरभित्रै हुन्छन्। म सधैं उनीहरुसँगै सुत्छु। मलाई मेरा सबै गर्लफ्रेन्डको उत्तिकै माया लाग्छ। मलाई लाग्छ, उनीहरुले पनि मलाई उतिनै माया गर्छन्।’

सानो उमेरमै फुटबल करियरको उत्कृष्ट उपलब्धि हात पारेका खेलाडी हुन् हालान्ड। उनले दुई क्लबमा गरेर ६ ह्याट्रिक स्कोर गरेका छन्। ह्याट्रिक स्कोर गर्दा प्रहार गरेको बललाई उनी आफ्नो प्रेमिका मान्छन्। भन्छन्, ‘म आफूले ह्याट्रिक गरेका पाँच बलसँगै सुत्छु । म सधैं तिनीहरुलाई हेर्छु। तिनीहरु नै मेरा गर्लफ्रेन्ड हुन्।’

हालान्ड सन् २०२०को जनवरीमा जर्मनीको लिग खेल्न भित्रिएका सानो उमेरका अन्तर्राष्ट्रिय फुटबलर हुन्। उनले २०१६ बाटै फुटबलमा करियर बनाउन सुरु गरेका थिए। एक वर्ष ब्रिनबाट फुटबल खेलेका उनी १७ वर्षका भएपछि नर्वेकै मोल्डे फुटबल क्लबमा आबद्ध भए।

मोल्डेमा रहँदा उनले ३९ खेलमा १४ गोल गरेर कम उमेरमै उत्कृष्ट खेल देखाएका थिए। मोल्डेमा राम्रो प्रदर्शन गरेसँगै उनी सन् २०१९ मा रेड बुल सल्ज्बर्गमा अनुबन्धित भएका थिए। सल्ज्बर्गमा रहँदा पनि उनको खेल कौशलतामा कमी आएन। त्यहाँ झन् उनको कौशलताले राम्रो स्थान पायो। निरन्तर खेलमा लागिरहे। उनले लगातार गोलको संख्या बढाउँदै गए।

खेलकै दौरान क्लबका लागि १६ खेलमै १७ गोल गरे। त्यसमाथि पाँच खेलमा त ह्याट्रिक नै गरे।१९ अगस्ट २०१८ मा अष्ट्रिलियन क्लब सल्ज्बर्गमा अनुबन्धन भएका उनले १ जनवरी २०१९ मा मात्र क्लब ज्वाइन गरे। पाँच वर्षका लागि क्लबमा आएका उलने १९ जुलाईमा पार्नडोर्फविरुद्ध पहिलो ह्याट्रिक गरेका थिए। सो खेल सल्ज्बर्गले ७–१ को गोल अन्तरले जितेको थियो। त्यसपछिको १० अगस्टमा वुल्भ्सवर्गविरुद्धको जितमा पनि उनले ह्याट्रिक गरे।

हाल्यान्डले तेस्रो ह्याट्रिक १४ सेप्टेम्बरमा हर्टवर्गविरुद्ध गरे। त्यो ह्याट्रिकपछि उनले ७ खेलमै ११ गोल गर्ने खेलाडीको रेकर्ड बनाएका थिए। त्यो खेलको तीन दिनपछि च्याम्पियन्स लिगको खेलमा जेन्कविरुद्ध ६–२ गोलअन्तरको जित निकाल्न पनि उनले ह्याट्रिक प्रहार गरेका थिए। त्यो उनको चौथो ह्याट्रिक थियो।

च्याम्पियन्स लिगको डेब्यू खेलमा ह्याट्रिकसँगै उनले लिभरपुलका विरुद्धमा एक र नेपोलीविरुद्ध २ गोल गरेका थिए। सो गोलसँगै उनी सुरुवाती तीन खेलमा ६ गोल गर्ने डर्टमण्डका पहिलो खेलाडीसमेत बने। च्याम्पियन्स लिगको लगातार पाँच खेलमा उनले गोल गरेर ब्रजिलियन फरवार्ड नेयमार र पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोको रेकर्डलाई बराबरी गरिसकेका थिए।

त्यसपछि वुल्भ्सवर्ग र अगस्वर्गको खेलमा पनि ह्याट्रिकको सफलता उनले पाए। सल्ज्बर्गमा पाँच वर्षको अनुबन्धन नसकिँदै उनी जर्मनी लिग खेल्न डर्टमण्डमा अनुबन्धन भए। सन् २०२० को विन्टर विन्डोबाट साढे चार वर्षको अनुबन्धनमा उनी जर्मनी गएका हुन्।

Image result for बोरुसिया डर्टमण्डका युवा खलाडी इर्लिङ ब्रुट हालान्ड

जनवरी विन्डोमा जर्मनी आएका उनले १८ जनवरी २०२० मा अगस्वर्गविरुद्ध ह्याट्रिक गरे। डर्टमण्डमा त्यो उनको डेब्यू खेल पनि थियो। उनले यही ६ पटक ह्याट्रिक गर्दा पोस्टमा प्रहार गरेका बल नै उनले आफ्ना ६ प्रेमिका भएको बताएका हुन्। तर, वास्तविक जीवनमा उनी सिंगल छन्।

Loading...