ललितपुरको लेले सामुदायिक वनमा नग्न अवस्थामा भेटियो महिलाको शव

ललितपुर, ७ फागुन । ललितपुरको लेले सामुदायिक वनमा नग्न अवस्थामा महिलाको शव फेला परेको छ । हत्यापछि फालिएको पुष्टि भएको छ । प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा सुर्खेत लेक फर्साका गिरबहादुर परियार पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । अपराध लगत्तै भागेर सुर्खेत पुगेको अवस्थामा उनलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन् । उनलाई ल्याइँदै गरेको पनि राईले बताएका छन् ।

यहाँ यसअघि ४ असोजमा नग्न अवस्थामा अञ्दाजी ४० वर्षीय खगेश्वरा दमाईको शव फेला परेको । प्रारम्भमा शवको सनाखत हुन नसकेपछि गाउँमा सोधपुछ गर्ने क्रममा दुवै जनासँगै २१ माघमा काम खोज्दै स्थानीय एक कृषि फर्ममा पुगेको खुलेको थियो । फार्मकै अधिकारीले शवको सनाखत गरेका थिए । अनुसन्धान अधिकृतका अनुसार शवको पछाडिपट्टी निल डाम देखिन्छ भने कपडा पनि अपराधस्थलको विभिन्न क्षेत्रमा छरिएको थियो ।

उनीहरु पति–पत्नी भएको जनाइएको छ । यद्यपि, हत्या कसरी भयो भन्ने खुलिसकेको छैन । हालसम्म हत्याको कारणबारे पनि प्रहरीले खुलाएको छैन । हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ । परियारलाई यहाँ ल्याएपछि नै थप सोधपुछ र अनुसन्धान अगाडि बढ्ने प्रहरीले जनाएको छ ।

Loading...