मध्यपुर युथ एशोसियसनलाई बी डिभिजनमा लि निङले गर्यो प्रायोजन

काठमाडौं । सहिद स्मारक बि डिभिजन लिगमा मध्यपुर युथ एशोसियसनका लागि लि निङ नेपालले प्रायोजन गर्ने भएको छ । बी डिभिजन लिग यही फागुन ११ देखि सुरु हुँदैछन । उक्त लिगका लागि मध्यपुर युथ एशोसियसन र लि निङ नेपालबीच प्रायोजनको सहमति भएको हो ।

लि निङ नेपालका अध्यक्ष राजन महर्जनले फागुनदेखि नै लागु हुनेगरी सम्झौता गरिएको जानकारी दिएका छन् । उनले विशुद्ध व्यवसायिक प्रयोजनका लागि मात्र भन्दा पनि फुटबलको विकासका लागि योगदान गर्न आफूहरुले यो प्रायोजन गरेको बताए । उनले लि निङले आगामी दिनमा फुटबलको विकासमा अझैै केही कामहरु गर्न चाहेको पनि बताए । अध्यक्ष महर्जनले आफुले मध्यपुर युथ एसोसिएशनलाई विगत १५ वर्षदेखि नियाल्दै आएको उल्लेख गर्दै यस क्लबको प्रगति साँच्चिकै प्रशंसनिय रहेको बताए ।

सम्झौताका क्रममा आयोजना गरिएको कार्यक्रममा लिनिङका अध्यक्ष राजन महर्जनले आफ्नो कम्पनीबाट उत्पादित सामानहरु मध्यपुर युथ एसोसिएशन का अध्यक्ष उपेन्द्र मान सिहलाई हस्तान्तरण गरे ।

त्यसैगरी मध्यपुर युथ एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंहले आफ्नो क्लबलाई प्रायोजन गरेकोमा लि निङलाई धन्यवाद दिए । उनले यो सहयोगले खेलाडीको हौसला बढ्नुका साथै मनोेबल पनि उच्च हुने बताए ।

Loading...