कोरोना भाइरसको त्रासका कारण हुबेई प्रान्तका ६ करोड मानिस घरभित्रै बन्दी

बेइजिङ, ५ फागुन । कोरोना भाइरस कोभिड–१९ को उद्गमस्थल चीनको हुबेई प्रान्तका ६ करोड मानिस लामो समयदेखि घरभित्रै बन्दी भएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि त्यहाँको सरकारले घर बाहिर ननिस्कन भनेपछि हुबेईका बासिन्दा घरभित्रै कैदी जस्तै भएर बस्न वाध्य भएका हुन् । तर आपतकालीन अवस्थामा भने घरबाहिर निस्कन पाइने भनिएको छ ।

यस्तै त्यहाँ निजी कार प्रयोगमा पनि अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ । हुबेई प्रान्त र त्यसको राजधानी वुहान नयाँ कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छन् । त्यहाँ आइतबाररसम्म एक हजार ६५० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यसको सङ्क्रमण भएका मानिसलाई श्वास प्रश्वाससम्बन्धी समस्या हुन्छ ।

Loading...