काठमाडौंमा बिजुलीका तार भूमिगत बनाउन शुरु, प्रधानमन्त्रीद्वारा शुभारम्भ

Image result for विद्युत प्राधिकरणले आज (सोमबार) देखि काठमाडौँ उपत्यकामा विजुलको तार भूमिगत गर्ने कामको सुरुआत गर्दैछ।

काठमाडौं, ५ फागुन । विकासका काम अगाडि बडिरहदा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले विकास निर्माणको काम भइरहेको नदेखेको र बाँसुरी बजाएको मात्र देखेको भन्दै गुनासो पोखेका छन् । विद्युत प्राधिकरणले आज (सोमबार) देखि काठमाडौँ उपत्यकामा विजुलको तार भूमिगत गर्ने कामको सुरुआत गर्दैछ।सोमबार बिहान काठमाडौंमा जमिनमुनी तार बिछ्याउने कामको शुरुवात गर्दै उनले सञ्चारमाध्यमसँग गुनासो गरेका हुन् ।

उनले भने, ‘सञ्चारमाध्यमले विकास भएको लेख्दैनन्, बाँसुरी बजाएको समाचार छाप्छन्, बाँसुरी बजाएको फोटो हाल्छन् ।’ उनले देशभरका तुइन विस्थापित गर्ने काम भइरहेको भए पनि सञ्चारमाध्यले यसको पनि भ्रम फैलाउने काम गरेको आरोप लगाए ।

‘दार्चुला पुगेर दुई वटा तुइनको फोटो खिच्छन्, यिनलाई मान्नैपर्छ’ प्रधानमन्त्रीले भने । सरकारको बिरोध गर्नकै लागि दार्चुला पुगेर तुइनको फोटो खिचेको उनले आरोप लगाए । केही बुद्धिजीवि र सञ्चारमाध्यमले विकास देख्न नसकेको पनि उनले आरोप लगाए । ‘सरकारको प्रगतिमा किन पीर गरेको होला रु’ प्रधानमन्त्रीको प्रतिक्रिया थियो ।

काठमाडौंमा बिजुलीका तार भूमिगत बनाउन शुरु, प्रधानमन्त्रीद्वारा शुभारम्भ
काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली तार लाई भूमिगत बनाउने काम शुरु भएको छ । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम शुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान महाराजगञ्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको शुभारम्भ गरेका छन् ।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ । २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।

त्यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा पनि तार भूमिगत गरिने । ती क्षेत्रमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजका क्रमशः करिब २ सय र ४ सय किलोमिटर तार भूमिगत गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । साथै त्यहाँ करिब २ सय किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने जनाइएको ।

Loading...