कोरोनाले संक्रमित ४७४० जना उपचारपछि डिस्चार्ज

काठमाडौं, २९ माघ । कोरोना भाइसका कारण मृत्यु हुनेको संख्या एक हजार एक सय १३ पुगिसकेको छ।

मंगलबारसम्म चीनमा यो भाइरसबाट संक्रमित हुने ४४ हजार ६ सय ५३ पुगेका छन्। त्यसैगरी, हङकङमा ४९, ताइवानमा १८ र मकाउमा १० संक्रमित व्यक्ति फेला परेका छन्। चीनमा कुल संक्रमितमध्ये ४ हजार ७ सय ४० जना बिरामीलाई उपचारपछि डिस्चार्ज गरिएको छ।

कोरोना भाइरसको संक्रमण देखिएका उनीहरुलाई आवश्यक उपचार गरी सुरक्षाको प्रत्याभुती भएपछि घर फर्काइएको हो। व्यापक रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि प्रयास भइरहेको छ। उक्त भाइरस हुबेई प्रान्तबाट सुरु भएको थियो।

Loading...