अमेरिकामाथि नेपालको शानदार जित

काठमाडौं, २९ माघ । आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत नेपालले अमेरिकाविरुद्ध शानदार जित हात पारेको छ । बुधबार भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको ३६ रनको सामान्य लक्ष्य पछएको नेपालले ५ ओभर २ बलमा दुई विकेट गुमाउँदै ३६ रन पूरा गरेको थियो । सुरुआती दुई ओभरमा आफ्नो दुई विकेट गुमाएको नेपालका लागि तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका पारस खड्का र दिपेन्द्र सिंह ऐरीले नेपालाई जित दिलाएका थिए ।

नेपालका लागि पारसले २० रन बनाउँदा दिपेन्द्रले १५ रन बनाए ।

बलिङतर्फ अमेरिकाका लागि नोथुस किनजिले दुई विकेट लिएका थिए । यसअघि अमेरिका ३५ रनमा नै अल आउट भएको थियो । एकदिवसीय क्रिकेटको सबै भन्दा कम रन बराबरी गर्नै क्रकमा अमेरिकाले १२ ओभरमा सबै विकेट गुमाएर ३५ रन बनायो । यसअघि सन् २००४ मा जिम्बावेको श्रीलंकासँग १८ ओभरमा ३५ रन बनेको थियो ।

Loading...