भ्रमण वर्ष मनाइरहेको बेलामा पशुपति आउने भक्तजनलाई ‘नमस्कार’ अभियान

काठमाडौं, २८ माघ । महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादन स्वरूप नमस्कार अभियान शुरु गरिएको छ । पूर्वीय दर्शनअनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्षसमेत मनाइरहेको सन्दर्भमा यो अभियान शुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

नमस्कार गर्दा व्यक्ति व्यक्तिका बीचमा स्पर्श नहुने भएकाले कोरना भाइरसजस्ता सङ्क्रामक रोगको सङ्क्रमण फैलिएका बेला बच्नसमेत सहयोग पुग्ने भएकाले पनि यो अभियान आवश्यक रहेको कोषका सदस्य सचिव डा। प्रदीप ढकालले बताए ।

“अभियान शुरु गरिसकेपछि हामी किराँतेश्वर सङ्गीत आश्रमको औपचारिक कार्यक्रममा गएका थियौँ, त्यहाँ हामीले कसैसँग हात मिलाएनौँ, सबैलाई नमस्कार ग¥यौँ, यसलाई सबैले सहर्ष स्वीकार गरे, त्यस कार्यक्रममा सहभागीले पनि हात नमिलाई नमस्कार अभिवादनमै लाग्ने प्रतिबद्धता जनाए”, सदस्य सचिव ढकालले भने । यसवर्षको महाशिवरात्रिदेखि कोषले नमस्कार गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ ।

Loading...