कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आज बिहान साढे दश बजे कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो । आज दिउँसो एक बजे प्रतिनिधिसभा बैठक पनि बस्दैछ । त्यसअगाडि बस्ने कांग्रेस संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ । किनभने, ललिता निवास जग्गा हिनामिना प्रकरणमा पार्टी उपसभापति एवम् संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई मुद्दा चलाइएपछि कांग्रेसले बैठक स्थगित गर्दै आएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना नेतालाई फसाउने र सत्तारुढ नेतालाई जोगाउने काम गरेको भन्दै कांग्रेसले संसद अवरुद्ध गरिरहेको छ । तर, सोमबार बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा अधिकांश नेताहरुले भने गच्छदारको मुद्दा उनी आफैँले लड्नुपर्ने धारणा राखेका थिए । विशेष अदालतमा पुगेको यो मुद्दा गच्छदार आफैंले लड्नुपर्ने नेताहरुको धारणापछि कांग्रेसले मंगलबार बिहान संसदीय दलको बैठक बोलाएको हो ।

Loading...