चीनले यस्तो बनाउँदैछ दरवार हाइस्कूल, राष्ट्रपति भण्डारी चकित

काठमाडौं, २५ २०७६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार दरवार हाईस्कुल लगायतका विभिन्न सम्पदाहरुको पुननिर्माण कार्यको स्थलगत अवलोकन गर्नुभएको छ ।

वि।सं। २०७२ सालको महाभूकम्पद्वारा क्षति पुगेका दरवार हाईस्कुल, रानीपोखरी, धरहरा, बालगोपालेश्वर मन्दिर, बसन्तपुर दरबार स्क्वायरको भण्डारीसहितको टोलीले अनुगमन तथा अवलोकन गरेको हो । राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले पुनर्निर्माणले गति लिएको वर्तमान समयमा राष्ट्रपतिको अनुगमन तथा अवलोकन भ्रमणले महत्व राख्ने बताउनु भयो ।

अवलोकन भ्रमणका क्रममा दरवार हाईस्कुल पुग्नु भएकी राष्ट्रपति भण्डारीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश प्रसाद दाहालले सो विद्यालयको इतिहास, नेपालको शैक्षिक क्षेत्रको विकासमा सो विद्यालयले पुर्याएको योगदान र विसं.२०७२ सालको महाभूकम्प पछि दरवार हाईस्कुलकोे पुननिर्माणमा चीन सरकारले दिएको सहयोग, समर्थन र भवन निर्माण कार्य सम्पन्न हुनै लाग्दा सम्मका विविध गतिविधीबारे विस्तृत जानकारी दिनुभएको थियो ।

नेपालका लागि चिनिया राजदूत हौ यान्छीले दरवार हाईस्कुल पुग्नु भएकी राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो । त्यसैगरी चिनिया राजदूत हौ राष्ट्रपति भण्डारीसँगै काष्ठमण्डप र वसन्तपुर दरवार लगायतका सम्पदाहरुको अवलोकन भ्रमणमा सहभागी हुनुहुन्थ्यो ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा ८५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको दरवार हाइस्कुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएको सो विद्यालयमा अत्याधुनिक सुविधा सम्पन्न कक्षा कोठा, विज्ञान प्रयोगशाला, शिक्षक तथा प्राधानाध्यापकको कोठा, शौचालय समेत गरी ४६ कोठा रहेका छन् ।

सो विद्यालयको निमार्ण कार्य पूरा भए पछि निर्माण कम्पनीका पदाधिकारीले अनुगमन गरेर छिट्टै सरकारलाई हस्तान्तरण गरिने बताईएको छ ।

 

 

Loading...