भवन भट्टलार्इ टक्कर दिन एनआरएनएमा जमुनाको अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडाैं, २६ असोज । शनिवारबाट गैर अावासीय नेपाली संघकाे अाठाैं विश्व सम्मेलन सुरु हुँदैछ । सम्मेलनका लागि उम्मेदवारीहरु पनि धमाधम घाेषणा भइरहेका छन् । यसै त्रःममा जमुना गुरुङले पनि अध्यक्ष पदका लागि उम्मेदवारी घाेषणा गरेकी छन् । बिहीबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै गुरुङले अाफ्नाे उम्मेदवारी घाेषणा गरेकी हुन् ।

दुर्इ वर्षका लागि हुने नयाँ कार्यसमितिका लागि यसअघि भवन भट्टले अध्यक्ष पदमा उम्मेदवारी घाेषणा गरिसकेका छन् । यसपटक भट्ट तुलनात्मक रुपमा सक्षम र बलिया उम्मेदवार मानिएका थिए । एनअारएनका पूर्व अध्यक्षहरुले भट्टलार्इ यसपटक सर्वसम्मत अध्यक्ष बनाउने काेशिस पनि गरिरहेका थिए । त्यसका लागि एनअारएनएका संस्थापक अध्यक्ष उपेन्द्र यादवदेखि अर्का अध्यक्ष जिवा लामिछानेहरुले भट्टलार्इ सर्वसम्मत बनाउने चर्चामा अाएका अध्यक्ष पदका अाकांक्षीहरुसँग छलफल पनि चलाए । त्यसैकाे परिणाम अध्यक्ष पदमै दावी गरिरहेका कुमार पन्तले अाफ्नाे उम्मेदवारी फिर्ता लिएर उपाध्यक्षमै उम्मेदवारी घाेषणा गरेका छन् ।

जमुना गुरुङ एनअारएएका वर्तमान अध्यक्ष शेष घलेकी पत्नी हुन् । उनलार्इ पनि उम्मेदवारी मनाउने प्रयास गरिएकाे बताइन्छ । तर, उनले अन्तत: अाफ्नाे उम्मेदवारी घाेषणा गरेकी छन् । यससँगै याे भवन भट्टका लागि चुनाैती मानिएकाे छ । जमुनाले अस्ट्रेलियाबाट राम्राे सहयाेग पाउने र महिला तथा जनजातिकाे पनि सपाेर्ट पाउन सकेमा उनले बाजी मार्न पनि बेर नलगाउने एकथरीकाे विश्लेषण छ । गुरुङ अष्ट्रेलियाका धनाड्यहरुको सूचीमा १०० अाै नम्बरमा परेकी थिइन ।

Loading...