सेल्फी लिने क्रममा रेलको ठक्करबाट २१ वर्षीया युवतीको मृत्यु

काठमान्डौँ १३ माघ । भारतको पश्चिम बंगाल राज्यमा एक युवतीको सेल्फी लिने क्रममा रेलको ठक्करबाट मृत्यु भएको छ। आइतबार रेलको लिकमा सेल्फी लिइरहेकी २१ वर्षीया युवतीलाई रेलले ठक्कर दिएको थियो। सोही क्रममा उनको मृत्यु भएको जलपाइगुरी जिल्लाको प्रहरीले जनाएको छ। अर्की एक महिलाले भने भागेर ज्यान जोगाएकी छिन्।

उनी उफ्रिएर खोलामा हाम फाल्दा गम्भीर घाइते भएको बताइएको छ। उता न्युयोर्कको म्यानहटन १४ स्ट्रीटमा माथिबाट ट्रेनका सातवटा डिब्बा गुड्दापनि जिवितै उद्दार गरिएकी युवतीका दुईवटै खुट्टा काट्नुपरेको छ ।

२० बर्षकी ती अष्ट्रेलियन युवतीको उपचारका क्रममा दुईवटै खुट्टा काट्नुपरेको जनाइएको छ । ब्रिसबेन अष्ट्रेलियाकी २० बर्षकी युवती भिसाया होफी ठेस लागेपछि म्यानहटनको १४ स्ट्रीट ट्रेन स्टेशनको लिकमा खसेकी थिइन् ।

त्यसपछि उनीमाथिबाटै ट्रेन गुडेको थियो । ट्रेनका सातवटा डिब्बाहरु उनीमाथिबाट गुड्दा पनि उनको जीवितै उद्दार गरिएको थियो ।पहिलो ट्रेनले उनी खसेको थाहा नपाएपनि त्यसको २० मिनेटपछि आएको ट्रेनले उनको कपडा देखेपछि उद्दार गरेको थियो ।

उनले लगाएको उज्यालो पिंक कलरको कपडा सबवेको ट्रयाकमा देखिएपछि उद्दार गरिएको हो । यस्तो अवस्थामा पनि उनको जिवितै उद्दार हुनुलाई मिराकलको संज्ञा दिइएको थियो । यद्यपी युवतीको टाउकोमा समेत चोटपटक लागेको थियो भने हड्डीहरु पनि भाँचिएका थिए । अहिले युवतीको कृतिम श्वासप्रस्वास हटाइएको छ भने उनले खाना खान थालिसकेकी छिन् ।

Loading...