क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटनाहुदा बाबू छोरी सहित ९ जनाको मृत्यु

काठमाडौं १३ माघ । अमेरिकाको क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटना हुँदा बास्केटबलका दिग्गज खेलाडी कोबी ब्रायन्टको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ४१ बर्षका खेलाडी ब्रायन्ट र उनकी १३ वर्षीया छोरीसहित ९ जनाको ज्यान गएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा परी ब्रायन्टको निधन भएकोप्रति हलिउडका सेलिब्रेटीदेखि अमेरिकी नेताहरुले दुस्ख व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले पनि ब्रायन्टको निधनमा दुख व्यक्त गरेका छन् ।

Loading...