नवनिर्वाचित सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन ।संवैधानिक व्यवस्थाअनुसार उनले राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन । सापकोटा आइतबार प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।

सापकोटा निर्वाचित भएको औपचारिक जानकारी राष्ट्रपति कार्यालयलाई गराएपछि सोमबार बिहान ११ बजेका लागि शपथ ग्रहणको समय निर्धारण गरिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए । शपथ ग्रहणपछि सापकोटाले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ।

Loading...