खुमबहादुर खड्कालार्इ कानुन नलाग्ने कांग्रेसकाे दावी

काठमाडाैं, २६ असाेज । कानुनले भ्रष्टाचार लगायतका मुद्दामा जेल सजाय पाएका व्यक्तिलार्इ उम्मेदवार बन्न नपाउने बारे गरेकाे व्यवस्थाकाे उल्ल‌घन गर्दै नेपाली कांग्रेसले खुमबहादुर खड्कालार्इ उम्मेदवारमा सिफारिस गरेकाे छ । 

दाङ कांग्रेसले भ्रष्टाचार मुद्दामा जेल सजाय काटेका खड्कालार्इ दाङ क्षेत्र नम्बर १ बाट सङ्घीय प्रतिनिधि सभाका लागि उम्मेदवार बन्न सिफारिस गरेकाे हाे । राजनीतिक दलसम्बन्धी ऐनले भ्रष्टाचार मुद्दामा जेल सजाय पाएका व्यक्तिलाई राजनीतिक दलको सदस्य बन्नबाटै रोकेको छ । त्यस्तै प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्बन्धी ऐनले त्यस्ता व्यक्तिलार्इ उम्मेदवार हुनबाट रोकेको छ।

दाङ कांग्रेसले खड्काले कांग्रेसका लागि ठूलो योगदान पुर्‍याएकाे भन्दै प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेकाे दावी गरेकाे छ । राजनीतिक दलसम्बन्धी ऐन र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सम्बन्धि ऐनले खड्कालाई उम्मेदवार हुनबाट रोक्छ । दाङ कांग्रेसले खड्काले याे कानुन बन्नु अघि नै जेल सजाय भुक्तान गरेकाले उनका लागि कानुन नलाग्ने दावी गरेकाे छ । खड्काले कांग्रेस पार्टी र प्रजातन्त्रका लागि ठूलाे याेगदान गरेकाे भन्दै दाङ कांग्रेसले उनलार्इ याे कानुन नलाग्ने जनाएकाे छ । 

प्रतिनिधि सभा निर्वाचन सम्बन्धी ऐन २०७४ को दफा १३ को उपदफा १ को (ङ) मा ‘भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण निकासी वा पैठारी सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएका वा कुनै पनि कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला भएको व्यक्ति उम्मेदवार बन्न पाउने छैन’ भन्ने उल्लेख छ।

खड्कासँगै कांग्रेस दाङले क्षेत्र नम्बर १ बाट कांग्रेसले केन्द्रीय सदस्य एवं सांसद पार्वती डिसी चौधरी, सांसद सुशीला चौधरी, पूर्वसांसद कृष्णकिशोर घिमिरे र प्रदीप थापाको नाम प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको छ।

Loading...