अधिकृतले लिए अवोध बालकको ज्यान

नवलपुर, ८ माघ । नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षको गाडी अधिकृतले सिक्ने क्रममा दुर्घटना हुदा एक जना बालकको ज्यान गएको छ । हुप्सेकोट गाउँपालिकाको जीपको ठक्करबाट एक ५ वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

स्थानीले घटनाको विरोध गरेपछि रातभरी तनाव उत्पन्न भएको हो । स्थानीयले सवारी चालकलाई पक्राउ गर्नुपर्ने र गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे आएर घटनाको बारेमा सम्बोधन गर्नुपर्ने माग गरेका थिए ।

बिरोधका बीच कार्यालय समय सकिएर रातको समयमा दुई जना कर्मचारीले कार्यालय खोलेपछि स्थानीयले उनीहरुलाई कार्यालय भित्रै राखेर ताला लगाइदिएका थिए । ताला विहान पख प्रहरीले बल प्रयोग गरेर खोलेको छ ।

हुप्सेकाट गाउँपालिकाका उपाध्यक्ष कोपिला मल्ललाई छाडेर आउने क्रममा गाडी दुर्घटनामा परेको भनिएपनि स्थानीयले सिक्ने क्रममा दुर्घटना भएको बताएका छन् । गाडीका चालक नभएको र गाउँपालिकाका कर्मचारी अधिकृत शिव सुवेदीले गाडी सिक्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । सुवेदी फरार छन् ।

Loading...