ट्याङ्कर चालक नै लागुऔषधसहित पक्राउ

बारा ८ माघ । पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर चालकलाई बारा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराअन्तर्गत अम्लेखगञ्जवाट खटिएको प्रहरी टोलीले हेटौंडाका ३३ बर्षीय राजीव बम्जनलाइ १० बोतल लागुऔषध सहित पक्राउ गरेको हो। ना ४ ख ५५९० नम्बरको डिजल बोक्ने ट्यांकर चलाउने बम्जनले लागुऔषध ओसारपसार गर्ने गरेको सूचनाको आधारमा नियन्त्रणमा लिइरहेको प्रहरीले जानकारी दिएको छ ।

निजका साथबाट प्रहरीले ‘वनरेक्स’नामक लागुऔषध बरामद गरेको छ । ईप्रका सिमराका प्रहरी नायव उपरिक्षक डिएसपि गोविन्द पुरीले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकीको तेल निकाल्ने दाहिने पट्टी गेटभल भित्र प्लाष्टिकमा लुकाई राखेको अवस्थामा लागुऔषध भेटिएको बताए ।

लागुऔषधसहित पक्राउ परेका बञ्जनलाई इप्रका सिमराले मंगलवार नै लागुऔषध मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ । पेट्रोलियन पदार्थ बोकेको ट्यांकरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

Loading...