अन्जुको आवाजमा ‘पराई घरमा धोका’

काठमान्डौँ । नेपाली गीत संगीतमा मौलिक भावका गीतहरु हराउदैँ गएको अवस्थामा गायिका अन्जु चेपाङ र गायक राजु विरहीको आवाजमा रहेको ‘पराई घरमा धोका’ गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली चेलीले विरानो घरमा भोग्नुपर्ने पिडा र रोदनलाई गीतमा समेटिएको छ ।

सासुको खटनमा जिवनमा जिउनुपर्ने पिडालाई गीतमा समेटिएको छ । राजु विरहीको शब्द तथा लय सिर्जनामा ‘पराई घरमा धोका’ गीत तयार गरिएको छ । मौलिक भावमा आधारित बनाएर तयार पारिएको गीतमा वेदनालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । गीतमा सन्जय सिपालको एरेन्ज रहेको छ ।

मरुभुमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन भिडियोमा रहेको छ । ‘पराई घरमा धोका’ गीतको भिडियोमा राजु विरही, अन्जु चेपाङ, सुर्य दवाडी र सावित्री श्रेष्ठको अभिनय रहेको छ ।

Loading...