सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले तेह्रौँ खेल आज खेल्दैँ

काठमाडौँ, ०८ माघ । बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले आज आफ्नो तेह्रौँ खेल खेल्न गईरहेको छ । मेलबर्न स्टार्सले आज एडिलेड स्ट्राइकर्स विरुद्ध तेह्रौँ खेल खेल्ने छ ।

मेलबर्न स्टर्सले अहिले सम्म १२ खेल खेल्दा १० खेलमा जित र २ खेलमा हारको सामना गरेको छ । एडिलेड स्ट्राइकर्सले भने अहिले सम्म खेलेको ११ खेल मध्य ६ खेलमा जित र ४ खेलमा हारको सामना गरेको छ भने १ खेल बर्षाको कारण रद्ध भएको थियो ।

नेपाली स्टार्र सन्दिप लामिछानेले मेलबर्नका लागि अहिले सम्म उत्कृष्ट बलिङ्ग गरेको छ । उनले अहिले सम्म मेलबर्नका लागि ११ खेल १४ विकेट निकालेका छन । यस खेलमा मेलबर्नका लागि एडम जाम्पा पनि उपलब्ध रहने छन । खेल नेपाली समय अनुसार १:५५ बाट सुरु हुनेछ ।

Loading...