घट्यो आज मूल्य, हेर्नुहोस् प्रतितोला कति भयो?

काठमाडौँ, ८ माघ । केहि महिना देखि उच्च भाउमा उकालो लागेको सुनको मूल्य आज २ सय रुपैँयाले घटेको छ । मंगलबार छापावाला सुन ७५ हजार रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैँयाले घटेर तोलाको ७४ हजार ८ सय मूल्यमा कारोबार भैरहेको छ ।

त्यस्तै, मंगलबार तेजाबी सुन ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैँयाले घटेर प्रतितोला ७४ हजार ५ सय मूल्यमा कारोबार भइरेको छ ।

बुधबारको बजारमा सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदीको मूल्य ८ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज १० रुपैँयाले घटेर ८ सय ८० मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Loading...