बेहोस अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु

 

काठमाडौं, ७ माघ। मकवानपुरको एक होटलमा बेहोस अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ । मंगलबार बेहोस भेटिएपछिकर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए । अचेत भएका ४ पुरुष र ४ महिलासहित ८ जना भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकप्टरमार्फत आकस्मिक उद्धार गरी काठमाडौं पठाइएको पालुङका प्रहरी निरीक्षक विकास तामाङले अनलाइनखबरलाई बताए ।
काठमाडौँ अवतरण लगत्तै हेम्स अस्पताल लगिएका सबैलाइ आकस्मिक कक्षमा उपचार गराउने क्रममा सबैको मृत्यु भएको अस्पताल श्रोतले बताएको छ ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले पनि अस्पताल स्रोतलाई उदृत गर्दै अचेत भेटिएका सबै विदेशी पर्यटकको मृत्यु भइसकेको बताए । उनले भने, ‘पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको छ ।
नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए ।

प्रहरीका अनुसार, उनीहरू ग्यास हिटर बालेर सुतेका थिए । यसकै कारण उनीहरू बेहोस भएको हुनसक्ने आशंका प्रहरीको छ । यद्यपि, यसको पुष्टि हुन बाँकी छ ।
मृत्यु हुनेहरुमा ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया श्री सरीया, ५ वर्षीया बालिका अभि, ७ वर्षीया अर्चना, ५ वर्षीया बालक बैष्णव र ९ वर्षीय बद्रा रहेको प्रहरीले जनाएको छ ।

Loading...