नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

काठमाडौं, ७ माघ । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ। साथै कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी नेकपा लाई समर्थन पनि नगर्ने भएको छ।

कांग्रेस संसदीय दल कार्यसमितिको मंगलबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो। कांग्रेस सचेतक पुष्पा भुसालले सभामुख तटस्थ पद रहेकाले उम्मेदवारी नदिने बताइन्।

उनले उपसभामुखको उम्मेदवारी बारे कुनै निर्णय भएन बताइन्। संसदीय दल कार्यसमितिमा ३० सांसद छन्। निर्वाचनपछि दलको कार्यसमितिको बैठक पहिलो पटक बोलाइएको हो।

Loading...