शिक्षक लाईसेन्सको ५० प्रतिशत कापी परिक्षण सकियो

काठमाडौं, ६ माघ । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र लाईसेन्स परीक्षाको कापी परीक्षणको काम ५० प्रतिशत काम सकिएको जनाएको छ । पहिलो चरणमा माध्यमिक तहबाट कापि परीक्षण काम शुरु गरेको आयोगले सबै तहको ५० प्रतिशत उत्तरपुस्तिका परिक्षण कार्य सकिएको उप-सचिव एवम आयोगका सूचना अधिकारी दामोदर आचार्य जानकारी दिए ।

सूचना अधिकारी आचार्यका अनुसार शिक्षक लाईसेन्सको माध्यामिक, निम्नमाध्यामिक र प्राथमिक तीनै तहको नतिजा आगामी फागुनभित्र गर्ने आयोगको तयारी रहेको छ । ‘गत असोजमा सञ्चालन भएको शिक्षक अध्यापन अनुमतिपत्रको पुत्तरपुस्तिका परिक्षणको क्रममा रहेको छ, हालसम्म लगभग ५० प्रतिशत कापि परिक्षण किएको छ’ ।

सूचना अधिकारी आचार्यले भने, ‘परिक्षण कार्य सकिन बित्तिकै तकात्काल हामी नतिजा सार्वजनिक गर्छौ, यो नतिजा आउन लगभग फागुन महिना लाग्छ होला अहिले आयोग पनि त्यसमा लागि रहेको छ ।’ काठमाडौंमा ३ र ललितपुरमा ३ गरी ६ परिक्षण केन्द्रमा धमाधम कापी परिक्षण गरिरहेको आयोगले जनाएको छ । बस्तुगत परीक्षा तर्फको कापी मेसिनबाट र विषयगत तर्फको कापी पूर्व प्राध्यापक, शिक्षक, कर्मचारीहरुबाट परिक्षण भइरहेको छ ।

लामो समयको अन्तराल पछि खुलेको लाईसेन्स परीक्षा अन्र्तगत प्राविका लागि ६६ हजार ५ सय ९५, निमाविका लागि ५६ हजार १ सय ४० र माविका लागि १ लाख १ हजार ९ सय ९० परीक्षार्थी सहभागी भएको आयोगले जनाएको छ ।

Loading...