५ नम्बर प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि शुरु

बुटवल, ५ माघ । ५ नम्बर प्रदेश सभाको हिउँदे अधिवेशन आज आइतबार देखि शुरु हुँदैछ । मूख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १ बजे बस्नेगरी संसदको पाँचौं अधिवेशन आह्वान गरेका हुन्। आजदेखि शुरु हुने प्रदेश सभाको नयाँ अधिवेशनले प्रदेशको नामदेखि करिब आधादर्जन विद्येयक पारित गर्नुपर्नेछ।

हालसम्म सातमध्ये चार प्रदेशले नाम र राजधानी टुङ्गो लगाएका छन्। अधिवेशनको पहिलो दिन आज शुभकामना मन्तव्यको कार्यक्रम राखिएको छ। संसद्मा पेश हुने एजेण्डाबारे कार्यपरामर्श समितिले आजै निर्णय गर्ने जनाइएको छ । यो अधिवेशनबाट प्रदेशसभाले स्थानीय तह, लोक सेवा, विश्वविद्यालय, चलचित्र, सुशासन र वातावरणलगायत कम्तिमा आधादर्जन विधेयक पारित गर्नेछ। यस्तै, यही हिउँदे अधिवेशनमै प्रदेशसभाले बाझिएका कानूनहरु पनि संशोधन गर्ने भएको छ।

यसअघिका चारवटा अधिवेशनमा प्रदेशसभाले ५९ वटा विद्येयक पारित गरेको छ । ५ नम्बर प्रदेशसभामा सत्तारुढ नेकपाका ६१, नेपाली कांग्रेसका १९, समाजवादी पार्टीका ५ र राजपा तथा राष्ट्रिय जनमोर्चाका १र१ गरी ८७ सांसद् छन् । यसअघिको बजेट अधिवेशन जेठ २ गते सुरु भएर असोज २ गते सम्पन्‍न भएको थियो।

Loading...