ग्यास खपत एक दशकमा चार गुणा बढ्यो

काठमाडौँ, २ माघ । पछिल्लो एक दशकमा मुलुकमा खाना पकाउने एलपी ग्यासको खपत चार गुणाले बढेको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म प्रयोग बढ्दै गएकाले ग्यास खपत उच्च दरमा वृद्धि भएको हो ।

नेपाल आयल निगमको तथ्याकंअनुसार आर्थिक वर्ष २०६५र६६ मा १ लाख १५ हजार ८१३ टन खपत भएकामा आव २०७५र७६ सम्ममा ४ लाख १२ हजार ८५३ पुगेको हो । वर्षेनि ग्यासको खपत बढ्दै गएपछि आयात पनि सोही अनुपातमा बढ्दै गएको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले ग्यासको प्रयोग बढ्दै गएकाले खपत पनि सोही अनुपातमा बढ्दै गएको छ ।

Loading...