उमावि र राहत शिक्षकको दरबन्दी स्वत्तः स्थायी दरबन्दीमा रुपान्तरण गरिने

काठमाडौं, १ माघ । विद्यालय तहका राहत र साविकको उच्च माध्यमिक तहको अनुदानमा कार्यरत शिक्षकको कोटा स्वतः स्थायी दरबन्दीमा रुपान्तरण हुने गरी शिक्षा मन्त्रालयले शिक्षा ऐनको मस्यौदा तयार गरेको छ । ऐनको मस्यौदामा उल्लेख भएको उक्त व्यवस्था हुबहु पारित भएमा अहिले कार्यरत उक्त कोटामा सबै शिक्षक स्वतः स्थायी हुने छन् ।

प्राथमिक तर्फको राहत अनुदान कोटा २१ हजार ८ सय ७१, निम्न माध्यमिक तर्फको राहत अनुदान कोटा ९ हजार ६ सय ९ , माध्यमिक तर्फको राहत अनुदान कोटा ६ हजार ८ सय ९८ र साविकको उच्च माध्यमिक तर्फको राहत अनुदान कोटा ४ हजार छ ।

अत्यन्तै साँघुरो घेरामा रहेर निर्माण गरिएको ऐनको मस्यौदामा उनीहरुको दरबन्दीलाई स्वतः स्थायी गरेपछि सिर्जना हुने स्थायी दरबन्दीमा शिक्षक सेवा आयोगको सिफारिसमा पदपूर्ति हुने व्यवस्था राखिएको मन्त्रालय श्रोतले जनाएको छ ।

Loading...