भोट माग्न मात्र नेपालमण्डलको पहिचान देखाउन प्रदेश संसद उभिएः श्रेष्ठ

 

काठमाडौँ , २९ पुस । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले ३ नम्बर प्रदेशको नामाङ्कनका सन्दर्भमा कतिपय दलका नेताहरु भाेट बैंकका लागि मात्र उभिएकाे अाराेप लगाएका छन । प्रदेश तीनकाे नामाकरण ‘नेवाः ताम्सालिङ’ वा ‘नेपाल मण्डल’ राख्नुपर्ने पक्षमा रहेका प्रदेशका सांसदहरु वास्तविक रुपमा भित्रैदेखि यसकाे पक्षमा लागेकाे नभइ आगामी निर्वाचनमा पुनः निर्वाचित हुनकै लागि देखा परेकाे उनकाे भनाइ छ । 

शनिवार समाजवादी पार्टी नेपालको तीन नम्बर प्रदेशका कार्यकर्ताकाे प्रशिक्षण कार्यक्रममा बाेल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् । संसदमा दर्ता गरिएको नेपाल मण्डल व नेवाः ताम्सालिङ प्रदेशको नाम कार्यविधि जारी गरे लगत्तै खारेज गरिनाले प्रदेशका सांसदहरुको नियतमा प्रश्न खडा भएको उनले दावी गरे । 

प्रदेशसभाले गरेको यो निर्णयका विरुद्ध समाजवादी पार्टींले काठमाडौँमा मंगलबार विराेध प्रदर्शन समेत गरेको छ । माइतीघरमण्डलामा प्रदर्शन गरेर विभिन्न स्थान हुँदै विराेध र्याली बाङ्गेमुढामा पुगेकाे थियाे । बाङ्गेमुढामा समापन गरिएकाे विराेध जुलुसलाइ नेताहरुले सम्वाेधन समेत गरेका थिए । सो पार्टीले सोमबार पनि जुलुस प्रदर्शन गरि ‘बागमति प्रदेश’को नाममा विरोध गरेको छ ।

Loading...