एनआरटीसँग पुलिस पराजित, छैठौँ स्थानमा उक्लियो एनआरटी

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग अन्तगर्त सोमबारको खेलमा न्युरोड टिम (एनआरटी)ले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। दशरथ रंगशालामा भएको खेलमा एनआरटीले पुलिसमाथि १–० को जित निकालेको हो ।

खेलको ७६ औँ मिनेटमा एनआरटीका दर्शन गुरुङले गरेको गोल नै निर्णायक बन्यो। यो जितसँगै एनआरटी ६ खेलबाट ८ अंक जोड्दै अंक तालिकाको छैठौँ स्थानमा उक्लेको छ ।

समान ८ अंक नै जोडेको पुलिस गोलअन्तरमा पछि पर्दै सातौँ स्थानमा झरेको छ।

Loading...