विवाह गर्ने तयारिमा नेपाल आइडल सिजन २ बिजेता रवि ओड‘

महेन्द्रनगर २८ पुस । चर्चित गायन रियालिटि शो नेपाल आइडलको दोस्रो संस्करण विजेता रवि ओडको नयाँ गीतहरु बजारमा आउने क्रम जारिरहेको छ । नयाँ गीत र मेला महोत्सवहरुमा व्यस्त रहेका गायक ओडले विवाह गर्ने तयारीमा रहेको एक अन्तर्वार्तामा बताएका छन् । कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालीका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओड्को कोखबाट २०५४ साल चैत्र महिनामा जन्मिएका रवि आमा बुवाको तेस्रो सन्तान हुन ।

मुख्य आयश्रोत र रोजिरोटिको आधार भारतको ‘वाचम्यान’को जिन्दगी बाँचिरहेका उनका बाज्या र बुवाले अछामबाट बसाइ सरेर कंचनपुर गएका थिए । उनको पुर्ख्यौली थलो साविकको अछाम बुढाकोट गाविस हो भने हाल साँफेबगर नगरपालीकामा पर्दछ । बाज्या र बुबाले अछाम छोडेर कन्चनपुर गएपछि उतै जन्मिएका उनि अछाम पुगेका छैनन तर उनि भित्र आफ्नो पुर्ख्यौली थलोमा पुग्ने अधुरो रहर भनै अझै जिवितै छ । लोटस आइ स्कुलमा १२ मा अध्यनरत रविलाइ संगितको रसले छोइरहेको छ ।

बाध्यता गरिवीको जिन्दगीले पिल्सिएका रविका बुढा बुवा अहिले पनि भारतमा ‘वाचम्यानको’ काम गरिरहेका छन । उनि आफै पनि भारतमा गएर काम गरेको स्मरण गर्छन । “केहि महिना भारतमा काम गरेँ तर बुवाले जति दुख हर्नुछ मुइ हरूला तु नेपालमा गैकन राम्ररी पढ” भनेपछि उनि नेपालमै फर्किएर पढ्न थाले ।

उनका बुवा चाहान्थे कि जुन दुख आफुले भोगिरहेको छु त्यो मेरा सन्तानले भोग्न नपरोस, जसरी आफुले अर्काको देशमा पसिना बगाइरेको छु त्यसरि मेरा सन्तानको रगत र पसिना आफ्नै देशमा बगोस‘

सामान्य परिवारमा जन्मिएका उनी आफ्ना बाज्याको प्रेरणाबाट गीत संगितमा लागेको बताउछँन् । बाज्याले अछामी मौलीक गितहरू गाउने गरेको उनि बताउछन । बाज्याले गाएको सुदूरपस्चिमेली देउडा र ठाडिभाका सुन्दा सुन्दै उनलाइ नेपाली गित संगितको मात चढ्यो । उनको आवाज बुढिगंगा जस्तै कलकल कलकल आफ्नै गतिमा बगिरहन्छ ।

तर जब उनि पप लगाएत अन्य हाइ रेन्जको गित गाउछन उनको आवाज बुढिगंगा जस्तै रहदैन एक्कासी बढ्ने छिपेखोलको रफ्तार र लयमा बग्न थाल्छ। यतिमात्र होइन उनि खप्तड रामारोशन जस्तै सुन्दर गित ठाडिभाका समेत गाउन सक्छन । खप्तड, रामारोशनको काखका रहेका उनि खप्तड, रामारोशनजस्तै राज्यको नजरबाट टाढा रहन चाहादैनन । आफ्नो हुनर सबै नेपालीलाइ देखाउन चाहान्छन । अहिले मेरो गित संगितको प्रेरक बाज्या र मलाइ जन्माउने आमा मसंग छैनन । यदि उनिसंगै भइदिएको भए यो खुसि सुरुमा उहाँहरूसंगै साट्ने थिएँ ।

Loading...