फिल्मको छायांकनका क्रममा साहिद कपुर घाइते, अनुहारमा १२ टाँका लगाइयो

काठमाडौँ २७ पुस। बलिउडमा नायक साहिद कपुर फिल्मको छायांकनका क्रममा घाइते भएका छन् । मोहालीमा क्रिकेट खेलिरहेको दृश्यको छायांकनका क्रममा साहिदको अनुहारमा गम्भिर चोट लागेको छ । उनको अनुहारमा १२ टाँका लगाइएको भारतीय मिडियाले बताएका छन् ।

साहिद फिल्मको छायांकन छाडेर केही दिन आराम गर्न मुम्बई फर्किएका छन् । भारतीय मिडियाका अनुसार, साहिदको क्रिकेट खेल्ने क्रममा ओठमा चोट लागेको हो । साहिदले अब ४–५ दिन आराम गर्नेछन् ।

Loading...