क्यान्सरलाई जितेर घर फर्केका इरफान खान फेरि अस्वस्थ

एजेन्सी । लामो समय देखि क्यान्सर रोगको उपचार पछि निको भएर घर फर्केका बलिउड अभिनेता इरफान खानलाई फेरी रोग बल्झिएको छ । उनी हाई न्यूरोएन्ड्रोक्राइन क्यान्सरको रोगबाट ग्रसित थिए। सन् २०१७को जुन महिनामा रोग पत्ता लागेपछि उनी अमेरिका उपचारका लागि गएका थिए । लामो समय अमेरिकामा उपचार गराएर भारत फर्किएका उनी एउटा फिल्ममा अभिनय गर्न भ्याए ।

इरफानले आफ्नो अवस्थाबारे सामाजिक सञ्जालमा बेला बखत जानकारी गराइरहन्थे। र उनको परिवारले पनि समय समयमा स्वास्थ्यबारे अपडेट दिइरहन्थे। उनले आफु न्यूयोर्कमा लामो समय उपचार गराएपछि २०१९ मा भारत फर्किएको पनि सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए । अहिले उनलाई फेरी रोग बल्झिएको छ । उनले बहुप्रतिक्षित फिल्म अंग्रेजी मिडियम को सुटिङ गरेका थिए। यस क्रममा इरफान आफ्नो रुटिन र डाक्टरको सल्लाहअनुसार औषधि समेत लिइरहेको बताएका थिए।

हाल फिल्म अंग्रेजी मिडियम को सुटिङ सकिइसकेको छ। दोस्रो फिल्म समेत गर्ने सोचमा रहेका इरफानलाई फेरी समस्या बल्झियो । तर बलिउड सञ्चारमाध्यमका अनुसार फेरि उनको स्वास्थ्यमा समस्या देखिएको छ। डाक्टरले हाल काम बन्द गर्न र बेड रेस्ट गर्न सल्लाह दिएका छन्। डाक्टरको सुझावपछि इरफानले आफू पूर्ण स्वस्थ नभएसम्म कुनै काम नगर्ने बताएका छन्।

इरफानको पारिवारिक स्रोतअनुसार उनले कम्तिमा ६ देखि ८ महिनासम्म आराम गर्नुपर्छ। यसपछि नै डाक्टरको सल्लाहअनुसार उनी काममा फर्कने छन्। इरफान अहिले आफ्नो परिवारसँग दिन बिताइरहेका छन्। हालै उनले परिवारका साथ नयाँ वर्षको बिदा मनाएका थिए। इरफान र करीना कपूर अभिनित फिल्म अंग्रेजी मिडियम मार्च २०२०मा रिलिज हुँदैछ। फिल्म प्रमोसनको लागि इरफान त्यति सक्रिय भएर लाग्ने छैनन्।

Loading...