सपनाको राष्ट्रभक्तिपूर्ण गीत ‘हाम्रो नेपाल प्यारो नेपाल’

काठमाडाैं । एसविआर म्युजिक प्रा.लि.को प्रस्तुतीमा गायक लालबहादुर थापा र गायिका सपना बिसीको आवाजमा सजिएको राष्ट्रभक्ति गीत ”हाम्रो नेपाल प्यारो नेपाल”गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

गीतमा देशप्रतिको माया र ममता निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । विदेशी हस्तक्षेपलाई पछाडि पार्नको लागि गीत मार्फत आग्रह गरिएको छ । गीतमा अर्जुन विरहीको शब्द तथा लाल थापाको लय सिर्जना रहेको छ ।

विरेन्द्र परियारको छायाँकन, प्रिन्स प्रकाश प्यूठानीको सम्पादन तथा विनोद सुन्दासको निर्देशनमा गीतकाे म्यूजिक भिडियो निर्माण गरिएको छ । ”हाम्रो नेपाल प्यारो नेपाल” गीतको भिडियोमा विनोद सुन्दास , प्रियङ्का नेपाली, सुरेश श्रेष्ठ, अर्जुन विरही शर्मा, अभिजंग, रिया बलामी र सौरभको अभिनय रहेको छ ।

पूरा भिडियो हेर्नुहोस

Loading...