शुक्रवार चन्द्रग्रहण लाग्ने समाचार भ्रमपूर्ण – पञ्चाङ्ग निर्णायक समिति

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विभिन्न सञ्चार माध्यममा प्रकाशित आज चन्द्रग्रहण लाग्ने खबरलाई भ्रमपूर्ण भएको जनाएको छ ।

समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमहरुबाट आज चन्द्रग्रहण भनी खबर प्रकाशित हुनुले सर्वसाधरणमा भ्रम र अन्योलको अवस्था श्रृजना भएको भन्दै यसप्रति समितिको ध्यान आकृष्ट भएको जनाएको छ ।

आजको चन्द्र ग्रहण नेपालबाट नदेखिने भएकाले त्यसको कुनै असर नपर्ने पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति मार्फत समितले नदेखिने चन्द्रग्रहणको कुनै सूतक नलाग्ने र बार्नु नपर्ने प्रष्ट पारेको छ ।

भक्तपुर पोस्ट संग कुरा गर्दै समितिका सदस्य सचिव ढुङ्गेलले हचुवामा र कुरै नबुझी सुतकबारे र शुभ अशुभबारे केहि सन्चार माध्यमले समाचार प्रकाशन गर्नु दुखद भएको बताए ।

बीबीसी हिन्दीले जनाएअनुसार भने राति १० बजेर ३७ मिनेटमा भारतबाट ग्रहण देखिने र करिब ४ घण्टासम्म यो रहने जनाइएको छ ।

यसलाई नेपालबाट नदेखिने भएपनि भारतका अतिरिक्त एसियाली, युरोप, अफ्रिका र अस्ट्रेलियाका देशबाट देख्न सकिने जनाइएको छ ।यो ग्रहण पौने १ बजेको आसपास प्रष्ट देखिने बीबीसी हिन्दीको सो समाचारमा जनाइएको छ । चन्द्रमाको ९० प्रतिशत क्षेत्रमा पृथ्वीको छाया पर्ने भएकाले यो मधुरो देखिने जनाइएको छ ।

Loading...