राष्ट्रीय विभुती कलाकार अरनिको ( बलबाहु शाक्य )को जन्म दिन आज

 

पौष २३ ,काठमाडौँ । नेपालका राष्ट्रीय विभुती कलाकार अरनिकोको आज स्मृती दिवस मनाइदैछ । ललितपुर महानगरपालिका -६ महाबौद्धमा जन्मिएका अरनिकोको बास्तविक नाम बलबाहु शाक्य हो । चीनमा गएर आफ््नो बास्तुकला देखाउनुभएको थियो । चीनका तत्कालिन सम्राट कुब्ला खाँका राजगुरु पाहसपाले अरनिकोको नेतृत्वमा ८० जना नेपाली शिल्पीलाई चीनमा लागेका थिए । त्योबेला अरनिकोले तिब्बत र चीनमा सुन जलप गरिएका अनेकौँ रंगको प्रयोग गरि मूर्ति बनाउने, पुराना मूर्ति समेत आकर्षक नयाँ धाचामा बनाई अनेकौ नयाँ मुर्ति लगायतका काम गरेकाले चीनमा उहाँलाई क्वान्ह्यु नाइफ र ’नासथु’ उपाधीले समेत सम्मान गरिएको थियो । 

Loading...