भ्रमणको बर्ष अवसरमा ‘ स्वयम्भु जाऔं नेपाल भ्रमण बर्ष मनाऔं ’कार्येक्रम

पौष १५ ,काठमाडौँ / सरकाले नेपाल भ्रमण बर्ष २०२० मनाउने निर्णय भए अनुरुप समुदाय -प्रहरी साझेदारी कार्येक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त स्वयम्भु र काठमाडौँ महानगर पालिका १५ वडाको बिषेश पहलमा भ्रमण बर्ष २०२० लाइ सफल बनाउने उदेश्य अनुरुप यही आउदो यही पौष १६ देखि २२ सम्म ” स्वयम्भु जाऔं नेपाल भ्रमण भर्ष मनाऔं” भन्ने नाराका साथ सप्ताहब्यापी विविध स्वयम्भु साँस्कृतिक कार्येक्रम आयोजना हुने भएको छ । 
स्वयम्भु वृत्त र वडा न १५ को संयुक्त रुपमा मंगलबार पत्रकार सम्मेलन गरि कार्येक्रमका बारे जानकारी दिएकाे छ । आयोजक वडा न १५ का वडा अध्क्षय तथा महानगर पालिका प्रवक्ता इश्वोर मान डंगोले आउदै गरेको भ्रमण बर्षलाइ लक्षित गरि गरिने यस कार्यक्रमले आन्तरिक तथा बाह्य पर्येतक क्षेत्रमा प्रवधन हुनुका साथै विश्व सम्पदा सुचीमा रहेको स्वयम्भुको एेतिहासिकता ,मौलिकता ,धार्मिक सहिस्नुता र जातीय बिबिधतालाइ समेत प्रदशन गर्न सकिने बताउनु भयो ।


यसैगरि वृत्तका प्रमुख लाल ध्वज सुवेदीले समुदाय -प्रहरी साझेदारी कार्येक्रम अन्तर्गत नै कार्येक्रम गरिन लागिएको कारण यस्ले नागरिकमा प्रहरीसंगको साझेदारी भइ समन्वयकारी भूमिका प्रगादहुदै जनमानसमा सकारत्मक संदेश जाने बताउनु भयो ।
कार्येक्रमको पहोलो दिन पौष १६ बुधबार स्वयम्भुको भुइँखेलमा सँस्कृति तथा पर्येतन मन्त्रि योगेश भटराई बात उत्घाटन गर्न भएको छ । पहोलो दीन बिहान टोल समाज सामाजिक संघ संस्था ,स्थानीयबासी ,विभिन्न बिद्यालयहरु आवद्द र्याली गर्दै सुभारम्भ हुने भएको छ । सप्ताह ब्यापी कार्येक्रममा विभिन्न साँस्कृतिक तथा स्वयम्भु इतिहास दर्साउने फोटो प्रदशनी लगाएत विभिन्न कार्येक्रम गरि अन्तिम दिन पौष २२ मा काठमाडौँ महानगरपालिका प्रमुख बिद्या सुन्दर शाक्य बात समापन हुने आयोजकले जानकारी गराएको छ ।  

 

Loading...