लिभरपुलको अपराजित यात्रा कायमै

एजेन्सी । ईङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित हात पारेको छ ।आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा खेलको ४२ औं मिनेटमा साडियो मानेले निर्णायक गोल गरे ।

जितसँगै लिभरपुलले लिगमा अपराजित यात्रा कायम राखेको छ । यस्तै लिभरपुलले लिगमा शीर्ष स्थानको अग्रता १३ अंकको बनाएको छ ।लिभरपुलले १९ खेलमा ५५ अंक जोडेको छ । पराजित वुल्भ्स ३० अंक जोडेर लिगको आठौं स्थानमा रहेको छ ।

Loading...