अमेरिकामा ७ महिने शिशु मेयर

वासिङ्टन, १३ पुस । चार्ली म्याकमिलान नाम गरेका अमेरिकी शिशु ७ महिना मात्रै पुगे । उनी एक आम शिशु नै हुन् । अमेरिकाको गर्भपतनविरोधी अभियानसँगै उनी अचानक शासक बनेका छन् । टेक्सस समुदायमा उनलाई हालै मेयरको उपाधि दिइएको छ । मेक अमेरिका काइन्ड अगेन नारा सहित उनलाई यही अक्टोबरमा मानार्थ मेयर बनाइएको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक अमेरिका ग्रेट अगेन ल्याएसँगै टेक्ससमा गर्भपतन विरुद्ध नयाँ अभियान थालिएको हो । जहाँ देशभक्ति र गर्भपतनको विरुद्ध नयाँ अभियानसँगै यी सात महिने शिशुलाई अभियानको मोहोराको रुपमा अघि सारिएको हो ।

चार्लीका आमाबावुले लिलामीमा राखिएको मेयरको उपाधि गत अक्टोबरमा फन्ड रेजिङका लागि किनेका थिए । साथै मेयर पद नियमित कामकाजका लागि नभएर अभियानको हिस्साको रुपमा मानिएको छ

Loading...